Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपतिले आयोजना गरेको कोभिडविरुद्धको भर्चुअल सम्मेलनमा के भने प्रधानमन्त्री देउवाले (भिडिओ सहित)

    अमेरिकी राष्ट्रपतिले आयोजना गरेको कोभिडविरुद्धको भर्चुअल सम्मेलनमा के भने प्रधानमन्त्री देउवाले (भिडिओ सहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड–१९ सम्मेलनलाई गएराती सम्बोधन गरेका छन् ।

    नजिकिंदै गरेको राष्ट्रसंघीय महासभा अगाडि बाइडेनले विश्वका नेताहरुलाई सहभागी गराएर आयोजना गरेको उक्त सम्मेलनमा नेपालकातर्फबाट प्रधानमन्त्री देउवाले सम्बोधन गरेका हुन् ।



    सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह (८० प्रतिशत)लाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताए । खोपको न्यायपूर्ण वितरण हुनुपर्ने बताउँदै देउवाले कोभिड–१९ महामारी नियन्त्रणमा सबै एकजुट हुनुपर्ने पनि बताएका छन् ।



    नेपाललाई महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायताप्रति पनि उनले धन्यवाद दिए ।

    यस्तो छ प्रधानमन्त्री देउवाले गरेको सम्बोधन

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार