Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उत्तर कोरियाले जापानी क्षेत्रमा फेरि हान्यो अर्को मिसाइल

    उत्तर कोरियाले जापानी क्षेत्रमा फेरि हान्यो अर्को मिसाइल

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो ।

    यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्प्रेषण गरेका छन् । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ ।



    जापान सरकारका एक अधिकारीले भनेका छन् कि उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पानीमा खसेको अनुमान गरिएको छ । जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा सो क्षेप्यास्त्र खसेको अनुमान गरिएको छ । तर पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन ।



    यस क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तरले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको छैन । कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टि गरेको थिएन ।उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार