Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

    इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 645
    SHARES

    एजेन्सी । इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ ।

    इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मङ्गलबार नियन्त्रणमा लिएको बताएको छ ।



    यमनमा युद्धविराम भङ्गभएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो । अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ ।



    यमनका इरान समर्थित हुथी विद्रोहीले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र साउदी नेतृत्वको गठबन्धन सेनालाई आक्रमण गर्न प्रयोग गरेका हतियारमा बरामद इन्धन उपयोग गरिएको अमेरिकी नौसेनाले बताएको छ ।

    विष्फोटक पदार्थसमेत बनाउन मिल्ने मल र मिसाइल इन्धनको ढुवानी गम्भीर चिन्ताको विषय नौसेनाका प्रवक्ता टिमोथी हकिन्सले इरानबाट यमनमा भएको हतियारको अवैध ढुवानीले अस्थिरता र हिंसा निम्त्याएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार