Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतले भियतनामलाई दियो हतियारले भरिपूर्ण युद्धपोत

    भारतले भियतनामलाई दियो हतियारले भरिपूर्ण युद्धपोत

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 591
    SHARES

    एजेन्सी । भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ ।

    भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो ।



    भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ । भारतले मिसाइसहितको युद्धपोत कुनै देशलाई दिएको यो पहिलो पटक हो ।



    भियतनामको केम राह्नमा आयोजित समारोहमा युद्धपोत हस्तान्तरणको प्रक्रिया पूरा गरिएको थियो । आईएनएस कृपाण भारतमै बनेको युद्धपोत हो । यसबाट मिसाइल प्रहार गर्न सकिन्छ ।

    यसलाई सन् १९९१ मा भारतको नौसेनामा सामेल गरिएको थियो । ३२ वर्षको सेवापछि यसलाई हटाइयो र भियतनाम सेनालाई हतियारसहित हस्तान्तरण गरियो ।

    यो युद्धयोतमा १२ अधिकारीहरुसहित १०० सैनिकले काम गर्दै आएका थिए । ९० मिटर लामो र १०.४५ मिटर चौडाइको यो युद्धपोत सबै हातहतियारसहित १ हजार ४५० टन वजनको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार