Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पाकिस्तानमा मिसाइल हान्ने भारतका तीन सेना बर्खास्त

    पाकिस्तानमा मिसाइल हान्ने भारतका तीन सेना बर्खास्त

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानमा मिसाईल हान्ने तीन जना भारतीय सेना बर्खास्तमा परेका छन् ।

    गएको मार्च २२ तारिखमा भारतले प्रहार गरेको एक ब्रम्हास्त्र नामक मिसाईल काश्मिरको पाकिस्तानी भूमिमा खसेको थियो ।



    तर भारतीय वायु सेनाका ३ जनाले आफूहरुको गल्तीका कारण मिसाईल पाकिस्तानी भूमिमा खस्न पुगेको बताएका थिए । यस घटनाको छानविन गर्न सेनाले कोर्ट अफ इन्क्वाइरी बनाएको थियो ।



    उक्त कोर्ट अफ इन्क्वाइरीले सेनाका जवानमा मापन सञ्चालन प्रक्रिया अर्थात एसओपीको पालना नभएको भन्दै उनिहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

    गएको मार्चमा ब्रम्हास्त्र मिसाईल ४८ हजार मिटरको उचाइबाट पाकिस्तानको हवाई क्षेत्रको १ सय किलोमिटर भित्र प्रवेश गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार