Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतीय दूतावासको सहयोगमा काभ्रेमा ६ वटा विद्यालयको पुननिर्माण

    भारतीय दूतावासको सहयोगमा काभ्रेमा ६ वटा विद्यालयको पुननिर्माण

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा ६ वटा नेपाल-भारत मैत्री भवन (बिद्यालय)को निर्माण सम्पन्न भएको छ।

    बुधबार भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव र काभ्रेपलाञ्चोक–२ का प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर तामाङ्ग तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरे।



    भारतीय दूतावासका अनुसार भारत सरकारको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत यी ६ वटा विद्यालयहरु नेपाली १९.७ करोड लागतमा निर्माण भएको हो ।



    उक्त कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (काभ्रेपलाञ्चोक), बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    भवन निर्माणपछि २००० भन्दा बढी विद्यार्थीहरुले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने दूताबासले जनाएको छ ।  नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो।

    यी विद्यालयहरु पनि यसै योजना अन्तर्गत निर्माण भएका हुन् । यसरी लाभान्वित हुने आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौं रहेका छन् । हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।

    कार्यक्रममा श्रीवास्तवले यी ६ वटा विद्यालयहरुले नेपाली जनताको साहस र क्षमतालाई उत्कृष्ट तवरले दर्शाएको र नेपालको एक भरपर्दो विकास साझेदार हुन पाउँदा भारतलाई निकै गर्व लागेको बताए । पुनर्निर्माण कार्यमा नेपालले चालेका हरेक प्रयासमा भारत, एक घनिष्ठ मित्र र छिमेकीको रुपमा, नेपाली जनतासँग काँधमा काँध मिलाई उभिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार