Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सिलवाल, ढुंगेल र रोका बर्खास्त : बतासको सेटिङमा वायुसेवा निगमका जिएम डिमप्रकाशको पद थमौती !

    सिलवाल, ढुंगेल र रोका बर्खास्त : बतासको सेटिङमा वायुसेवा निगमका जिएम डिमप्रकाशको पद थमौती !

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 3.3K
    SHARES

    काठमाडौं ।  आजको मन्त्रिपरिषद बैठकले केपी ओली सरकारले नियुक्त गरेका बिबादास्पद पात्रहरु क्रमश : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, युवा परिषदका कार्यकारी उपाध्यक्ष र युवा तथा साना स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षलाई बर्खास्त  गर्ने निर्णय गरेको छ।

    सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकालाई बर्खास्त गरेको हो ।



    यसअघिको सरकारबाट राजनीतिक नियुक्ति पाएका सिलवाल, ढुंगेल र रोकालाई नयाँ सरकारले स्पष्टिकरण सोधेको थियो । तर स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई हटाइएको छ । सबैभन्दा  अचम्म त के छ भने यी तिनै जनाभन्दा बिबादास्पाद पात्र नेपाल वायुसेवा निगमका महाप्रवन्धक  डिमप्रकाश पौडेल (प्रकाश) को भने थमौती भएको छ।   उनी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता हुन । तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई  एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए ।



    ओलीका पालामा भट्टराई नागरिक उड्डयनमन्त्री बनेपछि शुरुमा यती समुह अन्तर्गतको हाइ अल्टिच्युट हेलिकोप्टर कम्पनीका अध्यक्ष फुर्वा ग्याजेन शेर्पा र इस्टर्न मोटर्सका कार्यकारी प्रमुख डिमप्रकाश पौडेललाई निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेर विवादमा परेका थिए।

    पौडेललाई महाप्रबन्धक नियुक्त गर्न सञ्चालक समितिमा ल्याइएको चर्चा शुरुमै चलेको थियो।

    पौडेल नेपाली कांग्रेसनिकट पोखराका ब्यापारी आनन्दराज बतासको गाडी बिक्रेता कम्पनी इस्टर्न मोटर्स प्रालिका सीईओ थिए ।  प्रधानमन्त्री शेरवहादुर देउवाकी पत्नी आरजुसँग व्यापारिक सम्बन्ध रहेका उनै बतासले अहिले आरजुको शक्ति लगाएर पौडेलको पद थमौती गराएको काँग्रेस उच्च स्रोतले दाबी गरेको छ।

    पौडेलको पद थमौती गराउने क्रममा ठुलो आर्थिक चलखेल भएको वताइएको छ

    पौडेलको कनेक्सनबाट बतासले  भारतले बनाइदिएको धर्मशाला होटल संचालनका लागि लिजमा लिएका थिए ।

    भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले बतासलाई ठेक्कामा दिएपछि यो बाँदरको हातमा नरिवल साबित भयो  ।

    पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको छ । जुन ठेक्कामा लिने क्रममा ठूलै आर्थिक चलखेल भएको र त्यसको चाँजोपाँजो सबै प्रकाश पौडेलले नै मिलाएका थिए । उनै पौडेल नेपाल वायुसेवा निगमको महाप्रवन्धक बनेपछि निगमको अवस्था दिनप्रतिदिन खस्कदो छ।

    पौडेलले यती समुहलाई अर्बौको सम्पत्ति रहेको निगमलाई कौडीको भाउमा  बेचेर निजीकरण गर्न खोजेका थिए। तर ,चारैतिरबाट चर्को बिरोध भएपछि पौडेलको योजना तुहिएको थियो।

    पौडेल निगमको महाप्रबन्धक भएपछि निगमका एयरलाइन्सलाई आवश्यक पर्ने लुब्रिकेन्ट आयल बतासको एउटा कम्पनीमार्फत सप्लाइ गरेर करोडौं कमिशन खाएका छन् । त्यसैगरी पाइलट ट्रेनिङबाट पनि लाखौं डलर खाएका छन् । निगमको पाइलट ट्रेनिङ छ/छ महिनामा गर्नुपर्छ ।

    त्यसका लागि निगमले प्रतिघण्टा तीन सय डलरमा इण्डोनेसियाको ग्लोबल ट्रेनिङ एभियशन जिटिएमा ट्रेनिङ गराउँदै आएकोमा पौडेल आएपछि त्यही ट्रेनिङका लागि बहराइनको गल्फ एभियशन एकेडेमी (जिएए)सँग प्रतिघण्टा ६ सय अमेरिकी डलरमा सम्झौता गरे । वर्षमा एक सयभन्दा बढी पाइलटले ट्रेनिङ लिने गरेका छन् ।

    त्यसैगरी विभिन्न देशमा जीएसए नियुक्ति गर्दा समेत लुट मच्चाएका छन् । दुबईको जीएसए नियुक्त गर्न पौडेलले एएनटिए भन्ने कम्पनीका भारतीय नागरिक कुमार भन्नेसँग साठगाँठ गरेका थिए ।  विभिन्न पार्टीलाई भुक्तानी दिँदासमेत पौडेलमाथि कमिशन खाने गरेको आरोप लाग्ने गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार