Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • निगम बेच्न खोज्ने गिरोहलाई मन्त्री आलेको संरक्षण , अख्तियारद्वारा कारबाही गर्न निर्देशन !

    निगम बेच्न खोज्ने गिरोहलाई मन्त्री आलेको संरक्षण , अख्तियारद्वारा कारबाही गर्न निर्देशन !

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौड्याल र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने निगम बेच्ने धन्दामा संलग्न रहेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले दुबै जनाबिरुद्द छानविन प्रक्रिया अगाडि बढाएसँगै उनीहरु निगम बेच्ने धन्दामा संलग्न रहेको खुलेको हो। अहिले पौडेल र लामिछानेको पद नै धरापमा परेको छ। उनीहरुलाई कारबाही गर्न अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएपछि उनीहरुको पद धरापमा परेको हो । तर, पर्यटन मन्त्री प्रेम आले भने चुप लागेर बसेका छन्।

    अख्तियारको छानविनमा तानिएका पौडेल दिनहुँजसो मन्त्री आलेको कार्यकक्षमा भेटिन्छन्।  । अख्तियारले गत असोज २२ गते पर्यटन मन्त्रालयलाई निर्देशनात्मक पत्र लेख्दै कारबाहीका लागि सिफारिस गरेको हो ।



    नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले कुनै नियम सरोकारवाला निकायलाई जानकारी नगराई छलकपटपूर्ण शैलीमा रातारात रुपान्तरण गरी शतप्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गर्ने प्रावधानसहितको प्रबन्धपत्र बनाई निगम सञ्चालक समिति अध्यक्षले राजीनामा दिई स्वीकृत नभएको मौका छोपी गैरकानुनी तरिकाले सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेलाई अवैध अध्यक्ष बनाई निजको अध्यक्षतामा बसेको बैठकले संस्थालाई कम्पनीकरण गर्ने प्रपञ्च गरेको थियो ।



    निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल प्रकाश र तथाकथित अध्यक्ष बुद्धिसागर लामिछानेको आपसी मिलेमतोमा अर्का सञ्चालक किशोर कुमार प्रधानले तयार पारेको कम्पनीकरण गर्ने प्रबन्धपत्रको मस्यौदालाई अनुमोदन गरी पर्यटन मन्त्रालयसमक्ष पेश गरेको थियो ।

    पौडेल समुहको गैरकानूनी हर्कतका विरुद्ध निगमका तीनवटै ट्रेड युनियनले संयुक्त रुपमा झण्डै तीन महिनासम्म आन्दोलन गरेका थिए । तर, आन्दोलनकै बेला गत असार ३१ गतेको सञ्चालक समितिको बैठक बसेर निगमकै आर्थिक नियमावली २०६५ को परिच्छेद ३ को विनियम १२ बमोजिम प्रस्तावित बजेटको २५ प्रतिशत रकममा नबढ्ने गरी सम्पूर्ण बजेट शीर्षक समेट्ने गरी पेश्की बजेट स्वीकृत गर्नुपर्नेमा नियमविपरीत अख्तियारी दुरुपयोग गर्दै निगमको इतिहासमै धक्का लाग्ने गरी प्रचलित कानुन र नियमकै आर्थिक विनियमावलीविपरीत दुराशययुक्त तरिकाले कर्मचारीहरुको तलब शीर्षकबाहेक अन्य बजेट शीर्षक सञ्चालक समितिबाट अनुमोदन गरी आम कर्मचारीहरुको तलब समेत रोकेको थियो ।

    महाप्रबन्धक पौडेल र प्रतिनिधि सञ्चालक लामिछानेको मिलेमतोमा भएको निगम र कर्मचारी हितविपरीतको कार्यविरुद्ध परेको उजुरीमाथि छानबिन गरी आयोगले गत असोज १२ गते नै निर्णय गरेको थियो र उक्त निर्णयअनुसार कारबाही गर्न असोज २२ गते मन्त्रालयलाई निर्देशन दिएको थियो तर अहिलेसम्म अख्तियारले दोषी ठानेका ती व्यक्तिहरुमाथि मन्त्रालयले ठोस कारबाही गरेको छैन ।

    सरकारले कार्यकारी अध्यक्षमा  युवराज अधिकारीलाई नियुक्त गरेपछि पौड्याल कामकाज विहिन भएका थिए । अधिकारविहिन भएपनि राजिनामा दिनुको सट्टा उनी भने मन्त्री आलेसँग नजिकिएर अझै निगम बेच्ने खेलमा सक्रिय छन् ।

    पौड्याल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता हुन । तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौड्याल सदस्य थिए ।

    केपी ओलीका पालामा भट्टराई नागरिक उड्डयनमन्त्री बनेपछि शुरुमा यती समुह अन्तर्गतको हाइ अल्टिच्युट हेलिकोप्टर कम्पनीका अध्यक्ष फुर्वा ग्याजेन शेर्पा र इस्टर्न मोटर्सका कार्यकारी प्रमुख डिमप्रकाश पौड्याललाई निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेर विवादमा परेका थिए।

    पौड्याललाई महाप्रबन्धक नियुक्त गर्न सञ्चालक समितिमा ल्याइएको चर्चा शुरुमै चलेको थियो।

    पौड्यालले ओलीकै डिजाइनमा यती समुहलाई अर्बौको सम्पत्ति रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्न खोजेका थिए। तर ,चारैतिरबाट चर्को बिरोध भएपछि पौड्यालको गिरोहको  योजना तुहिएको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार