Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सवारी साधन दुर्घटना : कमजोरी कसको ?

    सवारी साधन दुर्घटना : कमजोरी कसको ?

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 3.9K
    SHARES

    फाइल तस्बिर

    अनुशा थापा/ काठमाडौं । दशैंमा भाडा र निजी गाडीमा घर गएकाहरुमध्धे कतिपयले सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाए । यो वर्ष ठुलो मानवीय क्षति भयो । दशैं मान्न गएकाहरु यसरी सवारी साधन दुर्घटनामा परि ज्यान गुमाउँदा पीडितहरुको घरमा रुवाबासी चल्यो ।

    यस वर्ष घटस्थापनाको दिनदेखि पुर्णिमासम्म सवारी साधन दुर्घटनामा ज्यान गुमाउनेको संख्या १ सय ६५ छ । पोहोरको वर्ष दशैको अवधिभर १ सय १४ले ज्यान गुमाएका थिए । गृह मन्त्रालयले सवारी दुर्घटनामा परेर ज्यानगुमाउने परिवारलाई  क्षतिपुर्ति दिने कुरै गरेन ।  घाइतेलाई क्षतिपुर्ति दिइसकेपछि ति मृत्‍यु भएका व्यक्तिका आफन्तलाई किन क्षतिपुर्ति दिइएन ? यी अकालमा ज्यान गुमाएकाहरु नेपाली नागरिक होइनन् ?  गृह मन्त्रालय र यातायात मन्त्रालयको कमजोरीको कारण नेपाली जनताले ज्यान उन वाध्य छन् । सरकारले समेत सिट क्षमताभन्दा बढी यात्रु हाल्न दियो ।



    यता, पुराना, थोत्रो, कण्डिसन ठिक नभएका बीस वर्ष नाघेका गाडीहरु चलाउन दिँदा पनि  दुर्घटना बढ्न थालेका हुन । इन्जिन बिग्रेका, खिइसकेको टायर, चालकको गैरजिम्मेवारीको कारण सवारी साधन दुर्घटनामा परेको हो । भाडाको गाडी चलाउने चालकहरुलाई नागरिकता बनाउने बित्तिकै लाइसेन्स दिइन्छ ।
    न उनीहरुसंग काम गर्न सक्ने क्षमता छ न त पढाइ । भाडाको गाडी चलाउने चालकलाई २५ वर्ष नाघेपछि मात्र लाइसेन्स दिनुपर्ने यातायात क्षेत्रका जानकारहरु बताउंछन् ।  एलएलसी पास गरेको र पढेलेखेकालाई लाइसेन्स दिने हो भने धेरै सवारी दुर्घटना न्युनिकरण हुन्छ ।



    ६५ वर्ष कटिसकेको चालकलाई भाडाको गाडी चलाउन दिनु नै सवारी दुर्घटना निम्त्याउनु हो । किन कि उनीहरुको आँखा कमजोर भइसकेको हुन्छ भने सार्वजनिक यातायातको क्षमता थेग्नसक्ने बल उनीहरुमा हुदैन ।

    कलिलै उमेरका, अनुभव नभएको चालकहरुले समेत दलालीमार्फत लाइसेन्स पाइरहेको छ । अनुभवी चालकले गाडीको ब्रेक फेल भएपनि उसले त्यो गाडीलाई नियन्त्रणमा ल्याउन सक्छ । सार्वजनिक यातायातमा किशोरै अवस्थामा हिंडीरहेको चालकहरुसमेत भेटिन्छन् ।

    कतिपय चालकलाई नेपाली अक्षर पनि पढ्न आउदैन । उनीहरुसँग ट्राफिक ज्ञान पनि छैन । यता, यातायात सम्बन्धी ऐनबाट पनि त्यस्ता चालक बेखबर छन् । यात्रुसंग कस्तो व्यवहार गर्नुपर्छ अत्तोपत्तो छैन । यदि चालकले गाडी नियन्त्रण गर्न सकेनन् भने आफु त बच्नको लागि हाम्फाल्छन् ।

    अनि भीरबाट खसेर मर्नेमा चाहि जनता पर्छन । यस्ता धेरै उदाहरणहरु छन् जहाँ सवारी दुर्घटनामा पर्दा यात्रु मरेको छन तर चालक बाँचेका छन् ।
    गाडी चलाउने चालकको मजदुर संगठन, गाडी साहुहरुको यातायात महासंघ । गाडी चलाउने चालकले मजदुर संगठनलाई लेबी तिरेको हुन्छन् । चालकले जानीजानी मान्छे किचेर मारेपनि मजदुर संगठनको नेताहरु त्यस्ता चालकलाई बचाउँछन् ।

    गाडीले हानेर घाइते भएकाहरुलाई चालकले गाडी ब्याक गरेर किचेर मार्छन् । घाइतेको उपचारमा धेरै खर्च लाग्छ भनेर गाडी चालकले यस्तो काम गर्छन् । अनि दुई देखी पाँच लाख तिरेर उनीहरु उम्कन्छन्। गाडी चालकहरुमा मानवताको भावना नै छैन् । राजनीतिक दलहरुले भाडाको गाडीमा चढ्ने पनि नेपाली जनता हुन् भनेर सोच्दैनन् ।

    गाडीको ठक्करबाट मृत्यु भएकाहरुलाई राजनीतिक दलले पनि हेर्दैनन् । यी मृत्यु भएकाहरुले राज्यलाई कर तिरेका छन् । हामीलाई भोट दिने पनि यिनीहरु नै हुन् भनेर राजनीतिक दलले सोच्दैनन् । आफ्नो कार्यकर्ता एक जनाको मृत्‍यु भयो भने भनेचाहि शहिद घोषणा, दश लाख क्षतिपुर्ति ।

    गाडीमा चढेका यात्रुहरु दुर्घटनामा परेर मृत्‍यु भयो भने  एउटा प्रेस विज्ञप्ति पनि निकाल्दैन । क्षतिपुर्ति त पछिको कुरा भयो । मृत्यु भएकाका आफन्तहरु सबै पहुँचवाला हुदैनन् ।

    यातायात व्यवसायीहरु जहिले सरकारलाई गाली गर्ने र बाटोलाई दोष दिने काम गर्छन् । तर आफु कहिल्यै सुध्रिदैनन् । यातायात ब्यवसायी महासंघको नेताहरुसंग गाडी छैन् । कमाउनको लागि महासंघ खोलेका छन् । दलालले गर्नेजस्तो काम गरेका छन् । जनता र राष्ट्र्प्रति यिनीहरुले अलिकति पनि जिम्मेवारी वहन गरेका छैनन् ।
    यातायात व्यवसायीको विरोधमा अब जनताले नै आवाज उठाउनुपर्ने अवस्था आएको छ ।

    आफ्नो ज्यानको सुरक्षा गर्नको लागि अब आफैले आवाज उठाउनुपर्छ । जनताले पैसा तिरेर गाडी चढेका हुन् । मर्नको लागि कोही पनि गाडी चढेका होइनन् । सरकार र यातायात व्यवसायीको मिलोमतोमा जनता मरेका छन् । सरकारले नै सर्वसाधारणलाई भेडाबाख्रा सोचेका छन् । यता, सवारी चालकले गाडीमा यात्रु कोचेको कोच्यै छन् । नेपालको संविधानमा नेपाली जनताको बाच्ने अधिकार त लेखेको छ नि ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार