Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सामुदायिक वनमा बम विस्फोट, घाँस काट्न गएका २१ र १४ वर्षका दिदी भाई घाइते

    सामुदायिक वनमा बम विस्फोट, घाँस काट्न गएका २१ र १४ वर्षका दिदी भाई घाइते

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.7K
    SHARES

    काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा बम विस्पोट हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान भएको बम विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विस्फोटमा परी दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश नेपाली रहेका छन् ।



    घाइते दाजुभाईको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।



    बम पुरानो भएको र बेवारिसे अवस्थामा भेटिएको थियाे । घाँस काट्दै जाँदा खुट्टाले अचानक बम छुँदा विस्फोट भएको प्रहरीले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार