Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विश्वकप क्रिकेट: भारत र पाकिस्तान भिड्दै, हेड टु हेडमा को अघि ?

    विश्वकप क्रिकेट: भारत र पाकिस्तान भिड्दै, हेड टु हेडमा को अघि ?

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज सुपर १२ अन्तर्गत दुई खेलहरु हुँदैछन्। जसमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आज हुँदैछ ।

    कोरोना महामारीका कारण भारतमा हुनुपर्ने विश्वकप यूएई र ओमानमा खेलाइएको हो । ओमानमा पहिलो चरणको एउटा समूहको खेल खेलाइएको थियो।



    आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्दैछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।



    भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ । सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो भने सन् २०१६ पछि टी–ट्वान्टी विश्वकप दुई टोली पहिलो पटक खेल्न लागेका हुन् ।

    हेड टु हेड

    हालसम्म भारत र पाकिस्तानबीच मात्र ८ टि२० आई खेल भएको छ । भारत ७ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० आई खेलमा भारत चार खेलमा विजयी भएको छ । भारत सन् २०१२ मा पहिलो टि२० आई खेलमा बंगलोरमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारत र पाकिस्तानबीच अन्तिम पटक २०१६ को टि२० विश्वकपमा प्रतिस्पर्धा भएको छ । उक्त टि२० खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

    विश्वकपमा हेड टु हेड

    टि२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको छ । भारत ५ खेलमानै विजयी भएको छ । सन् २००७ को समूह चरणमा भारत खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा विजयी भएको थियो । उक्त फाइनलमा ५ रनले हराउँदै उपाधि जितेको थियो । भारत २०१२ को टि२० विश्वकपमा ८ विकेट, २०१४ कोमा ७ र २०१६ को मा ६ विकेटले विजयी भएको थियो ।

    त्यस्तै सारजाहमा हुने अर्को खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार