Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • १ बर्षदेखि काठमाडौँमा शृंखलाबद्ध रुपमा चोरी गर्दै हिड्ने गिरोह पक्राउ

    १ बर्षदेखि काठमाडौँमा शृंखलाबद्ध रुपमा चोरी गर्दै हिड्ने गिरोह पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौँ उपत्यकाभित्र शृंखलाबद्ध रुपमा चोरी गर्दै हिड्ने एक समूहलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला घर भइ काठमाडौँ कोटेश्वर बस्ने ३१ र ३० बर्षीय क्रमश कमल थापा मगर र धनलाल थापा मगर र पाँचथर जिल्ला घर भइ हाल काठमाडौँ कपन बस्ने ३९ बर्षीय हरि प्रसाद रसाईली रहेका छन्।



    महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका उनीहरुले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न सहकारी तथा वित्तीय संस्थाहरु रातको समयमा र मानिसहरुको घरमा दिउँसो कोही नभएको मौका पारी चोरी गर्दै आएका थिए ।



    पछिल्लो समय उपत्यकाभित्र चोरीको घटना बढ्दै गएपछि महाशाखाबाट खटिएको प्रहरीको टोलीले सुरुमा कमललाई कोटेश्वरबाट पक्राउ गरेको थियो। र थप अनुसन्धानको क्रममा धनलाल र हरि प्रसाद पनि पक्राउ परेको = एसपी कोइरालाले जानकारी दिए।

    पक्राउ परेका उनीहरूले बिगत एक बर्षदेखि हालसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानका घर तथा संस्थाबाट लाखौं रकम चोरी गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको महाशाखाको भनाइ छ।

    महाशाखाको टोलीले उनको साथबाट चाबी फुटाउन प्रयोग हुने फलामको रड २ थानसहित मोबाइल, सुनका सिक्री र केही नगद समेत बरामद गरेको जनाएको छ। उनलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको एसपी कोइरालाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार