Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अमेरिकाको एचएचएस भवनमा बम भएको धम्कीले हलचल मच्चियो

    अमेरिकाको एचएचएस भवनमा बम भएको धम्कीले हलचल मच्चियो

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.1K
    SHARES

    एजेन्सी। अमेरिकाको एचएचएस भवनमा बम भएको धम्कीले हलचल मच्चिएको छ ।  भवनमा बम भएको खबर आएको बताइएको छ । प्रहरी घटनास्थलमा पुगेको छ र सम्पूर्ण भवन खाली गराइएको छ । हाल बम फेला परेको छैन तर थप अनुसन्धान भइरहेको छ ।

    आज बिहान यस्तो बम पड्काउने धम्की आएको बताइएको छ तर घटनास्थल पुगेका प्रहरीले त्यहाँ त्यस्तो केही भेटेन । तर, सुरक्षालाई ध्यानमा राख्दै धेरै सडक अवरुद्ध भएका छन् भने केही समयका लागि युएस क्यापिटलबाहिरको सडकमा यातायात पनि रोकिएको छ ।



    अहिले राजधानी परिसर अमेरिकाका लागि निकै संवेदनशील छ । विगत केही महिनादेखि यहाँ यस्ता धम्कीहरू लगातार देखिएका छन् । यस्तो अवस्थामा अनुसन्धान एजेन्सीहरू पनि सतर्क र हरेक परिस्थितिसँग जुध्न तयार छन् ।



    आइतवार राजधानी प्रहरीका केही अधिकृतलाई पनि धम्की दिइएको छ । यस्तो अवस्थामा राजधानी परिसरमा दिनभर खोजी भएपनि कोही पनि भेटिएनन् ।

    अब फेरि एचएचएस भवनमा बम राखिने धम्कीका कारण हलचल मच्चिएको थियो । तर. वास्तवमा त्यस्तो केही थिएन र यो खबर डरको वातावरण सिर्जना गर्न मात्र फैलिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार