Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त

    कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएका छन् ।

    मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गरेका हुन् ।



    नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार नै प्रदेश प्रमुख कलौनीले अर्को सरकार गठनका लागि मंगलबार राति ७ः३० बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।



    कांग्रेस नेता जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका समेत गरी २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

    उनले नेकपा माओवादीका १२, कांग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका ३ सहित २१ जना सांसदको समर्थनमा मंगलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री शाहीले मंगलबार नै शपथ लिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार