Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदेश-१: प्रदेशसभा बैठकमा एमालेका एक जना पनि सांसद गएनन्, विश्वासको मत लिने कार्यक्रम स्थगित

    प्रदेश-१: प्रदेशसभा बैठकमा एमालेका एक जना पनि सांसद गएनन्, विश्वासको मत लिने कार्यक्रम स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

    मंगलबार मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका एक जना पनि सांसदहरुले उपस्थिति नजनाएपछि बैठक स्थगित भएको हो।



    प्रदेशसभा सचिवालयका अनुसार सभामुख प्रदीपकुमार भण्डारीले बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।



    नेकपा एमालेले भने मंगलबार विप्लव समूहको नेपाल बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न यसअघि नै माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक स्थगित गर्न नचाहेका थिए।

    राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार गठन भएको थियो । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    ९३ सदस्य रहेको प्रदेशसभामा पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार