Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनले हाइपरसोनिक मिसाइल हानेपछि विश्वमै तरंग, स्तब्ध बने अमेरिकी वैज्ञानिकहरु

    चीनले हाइपरसोनिक मिसाइल हानेपछि विश्वमै तरंग, स्तब्ध बने अमेरिकी वैज्ञानिकहरु

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चीनले हाइपरसोनिक मिसाइल हानेपछि विश्वमै तरंग फैलिएको छ । आवाजको गतिभन्दा ५ गुणा तीब्र गतिमा उडिरहेकै अवस्थामा चीनले हाइपरसोनिक आणविक हतियारले दोस्रो मिसाइल हानेपछि विश्वभर तरंग फालिएको हो।

    रिपोर्टका अनुसार अहिलेसम्म यो स्तरको मिसाइल अन्य कुनै पनि देशले परीक्षण गर्न सकेका छैनन् । फाइनान्सियल टाइम्सका अनुसार चीनको यो परीक्षणले अमेरिकाको रक्षा विभाग पेन्टागनका वैज्ञानिकहरु स्तब्ध भएका छन्।



    चीनको यो हाइपरसोनिक हतियार एक विमान हो जसले आणविक मिसाइल लिएर उड्न र हान्न सक्छ । पेन्टागनको उन्नत अनुसन्धान एजेन्सी डार्पाका वैज्ञानिकहरुले चीनले यो उपलब्धी कसरी हासिल गर्यो भन्नेमा आफूहरु निश्चित नभएको बताएका छन् ।



    सैन्य विशेषज्ञहरुले यो उपलब्धी कसरी हासिल भयो भन्ने थाहा पाउन डाटाहरुको गहिरो अध्ययन गरिरहेको बताइएको छ । वैज्ञानिकहरुले यो मिसाइल प्रहार गर्नुको उद्देश्य के थियो भन्ने कुरा पनि खोजिरहेका छन् किनकि यो मिसाइल हाइपरसोनिक जहाजबाट हानिएको थियो तर पानीमा लाग्नुभन्दा पहिले यसको कुनै निश्चित निशाना थिएन ।

    केही पेन्टागन विशेषज्ञहरुले यसको उद्देश्य हावाबाट हावामै हान्ने मिसाइल भएको विश्वास गरेका छन् भने केहीले यो मिसाइलले जमिनमा रहेको मिसाइल डिफेन्स सिस्टममा हानेर त्यो सिस्टमले यो हाइपरसोनिक जहाजलाई हान्न नसकोस् भन्ने निश्चित गर्ने अनुमान गरेका छन् । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार