Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिन्धुपाल्चोकमा आगलागीमा परी ३ बालकको मृत्यु

    सिन्धुपाल्चोकमा आगलागीमा परी ३ बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागीमा परी ३ बालकको मृत्यु भएको छ।

    प्रहरीका अनुसार स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको र सो आगलागीमा ३ बालकको मृत्यु भएको हो।



    मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेका छन्।



    ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार