Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कारभित्र टाउको काटिएको शव फेला, मानिसको मासु खाने नरभक्षी पक्राउ

    कारभित्र टाउको काटिएको शव फेला, मानिसको मासु खाने नरभक्षी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । रुसमा प्रहरीले एक नरभक्षीलाई पक्राउ गरेको छ। बीच सडकमा उसको कारको डिक्कीबाट टाउको काटिएको एक शव खसेपछि उसलाई पक्राउ गरिएको हो।

    त्यहाँको प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति मानिसको हत्या गरेर मासु खाने गर्थे। डेलीमेलका अनुसार यो घटना सोर्टभाला शहरको हो। आरोपीको नाम येगोर कोमारोव रहेको छ। उनी २३ वर्षका छन्। उनको कार अर्को गाडीसँग ठोक्किएको थियो जसका कारण डिक्की खुल्न गयो।



    डिक्की खुल्नेबित्तिकै त्यहाँ टाउको काटिएको शव बाहिर खसेको थियो। यो देखेर प्रहरी नै छक्क परेको थियो। ती युवक भाग्न खोज्दै थिए। तर प्रहरीले उनलाई तुरुन्तै पक्राउ गर्यो।



    उक्त कारमा भेटिएको शव ५० वर्षीय व्यवसायीको हो। कोमारोवको कारबाट प्रहरीले तासको पत्ता, डोरी र बोरा बरामद गरेको छ। उनका साथमा दुई साथी पनि थिए। उनीहरुबीच विवाद भएको र ३ जनाले मिलेर व्यवसायीको हत्या गरेको प्रहरीले जानकाकरी दिएको छ।

    पक्राउ परेका कोमारोवले व्यवसायीको हत्या गरेर टाउको काटी रगत र मासु खाएको बयान दिएका छन्। मुरा शरिर काट्न चक्कुको धारले काम नगरेको पनि उनले बताएका छन्। यसअघि पनि उनले अन्य व्यक्तिको हत्या गरी मासु खाएको अनुसन्धानबाट पत्ता लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार