Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लाखौंको चेक बाउन्स मुद्दाकी फरार दुर्गा शाही ललितपुरबाट पक्राउ

    लाखौंको चेक बाउन्स मुद्दाकी फरार दुर्गा शाही ललितपुरबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ।

    सीआईबीले काठमाडौं महानगरपालिका वडा नं.-१० घर भइ ललितपुर सानागाँउ बस्ने बस्ने ५१ बर्षिया दुर्गा शाही सापकोटालाई बुधबारबार सानागाउँबाट पक्राउ गरेको हो ।



    पक्राउ परेकी शाहीलाई उच्च अदालत पाटनको २०७७ मङ्सिर १६ गतेको फैसलाले ७ दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।



    सीआईबीका अनुसार शाहीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई हिमालयन बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार