Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सेक्स टेप प्रकरणमा बेन्जेमालाई एक वर्ष जेल सजाय

    सेक्स टेप प्रकरणमा बेन्जेमालाई एक वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । रियाल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमा आफ्ना साथी म्याथु भ्यालबुइनालाई ब्ल्याकमेल गरेको अभियोगमा दोषी सावित भएका छन्। यससँगै उनलाई एक वर्षको जेल सजाय तथा ७५ हजार युरो जरिवाना हुने भएको छ।

    तर फ्रान्सको कानुनअनुसार उनले तत्काल जेलमा भने बस्नुपर्ने छैन। अदालतले तोकेको निश्चित समयसिमाभित्र फेरी त्यस्तै अपराध गरेमा भने उनले जेल बस्नुपर्ने छ।



    २०१५ को जुनमा फ्रान्सेली टिमका पूर्व सहयात्री भ्याल्बुएनालाई ब्ल्याकमेल गरेको अभियोगमा बेन्जेमासहित पाँच जनामाथि अनुसन्धान चलिरहेको थियो।



    बेन्जेमाले आफू पूर्ण रुपमा निर्दोष भएको दाबी गर्दै आएका थिए। उनका वकिलमध्येका एक एन्टोनी भेले बुधबार अदालतबाट आएको निर्णयले आफूलाई आश्चर्यमा पारेको बताए। उनले अदालतको निर्णयविरुद्ध अपिल गर्ने पनि जानकारी गराए।

    बुधबार राती च्याम्पियन्स लिग समूह चरणअन्तर्गत शेरिफविरुद्धको खेलका लागि तयारी गरिरहेका रियालका फरवार्ड बेन्जेमा अदालतमा उपस्थित थिएनन्।

    यसैगरी हाल ग्रिक टोली ओलम्पियाकोसबाट व्यावसायिक फुटबल खेलिरहेका भ्याल्बुएना पनि बुधबार अदालतमा उपस्थित थिएनन्।

    बेन्जेमामाथि भ्याल्बुएनाको मोबाइल फोनमा रहेको यौनजन्य क्रियाकपालको गोप्य भिडियोमार्फत उनलाई ब्ल्याकमेल गर्न अन्य चार जनालाई सहयोग पुर्याएको आरोप छ।

    दोषी सावित भएका अन्य चारजनालाई पनि जेल सजाय तोकिएको छ। एक्सेल एंगोटलाई दुई वर्षको जेल, मुस्तफा जोउइलाई साडे दुई वर्ष, करिम जेनाटीलाई १५ महिना तथा योनेस हौआसलाई १८ महिनाको जेल सजाँय तोकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार