Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • करिम बेन्जेमा यूईएफए प्लेयर अफ द इयर घोषित

    करिम बेन्जेमा यूईएफए प्लेयर अफ द इयर घोषित

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 864
    SHARES

    एजेन्सी । रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा बिहीबार राति ‘यूईएफए प्लेयर अफ द इयर’ घोषित भएका छन् । त्यस्तै रियालका प्रशिक्षक कार्लो एन्सेलोटी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

    बेन्जेमा र एन्सेलोटी दुबैले गत सिजन रियाललाई कीर्तिमानी १४औं च्याम्पियन्स लिगको उपाधि जिताउन भूमिका खेलेका थिए । उत्कृष्ट लयमा रहेका बेन्जेमाले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।



    स्पेनिस महारथी रियालले फाइनलमा लिभरपुललाई हराउँदै उपाधि जितेको थियो । यससँगै बेन्जेमाले करियरमा पाँचौं पटक च्याम्पियन्स लिग ट्रफी उचालेका थिए ।



    एन्सेलोटी युरोपको सबैभन्दा प्रतिष्ठित उपाधि चारपटक जित्ने पहिलो प्रशिक्षक बने । उनले पहिलो पटक २००३ र २००७ मा एसी मिलानबाट उपाधि जितेका थिए । त्यस्तै २०१४ मा रियालबाटै च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार