Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बेन्जेमाको लगातार दुई गोलले रियललाई आठ अंकको अग्रता

    बेन्जेमाको लगातार दुई गोलले रियललाई आठ अंकको अग्रता

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । बुधबार राति भ्रमणकारी टोली रियलले एथ्लेटिको क्लबमाथि २–१ अन्तरको जित निकालेको हो । बिबाओमा भएको खेलमा बेन्जेमाले खेलको ४ र ७ मिनेटमा लगातार दुई गोल गरेपछि रियलले सुरुआतबाटै खेलमा पकड बनाएको थियो ।

    फरवार्ड करिम बेन्जेमाले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि स्पेनिस ला लिगामा जित हासिल गर्दै रियल मड्रिडले तालिकामा आठ अंकको अग्रता बनाएको छ ।



    १०औँ मिनेटमा आइहान सानसेटले एथ्लेटिकोको लागि अन्तर घटाएपनि खेलमा फर्कन सकेन । जितसँगै रियलले १९ खेलबाट ४६ अंक बनाएको हो । दोस्रो स्थानको सेभियाको ३८ अंक रहेको छ । सेभिया अघिल्लो रात बार्सिलोनासँग रोकिएको छ । पराजित एथ्लेटिकोको समान खेलबाट १९ अंक सहित १० औं स्थानमा छ ।



    राति नै भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड ग्रानडासँग २(१ अन्तरले पराजित भयो । ग्रानडाको घरेलु मैदानमा जोआओ फेलिक्सको गोलमा एट्लेटिकोले दूई मिनेटमै अग्रता बनाएको थियो ।

    १७औँ मिनेटमा डार्विन माचिसले बराबरी गोल गरे । ६१औँ मिनेटमा जर्ज मोलिनाले विजयी गोल गरे । ‍हारसँगै एट्लेटिको २९ अंकसहित पाँचौ स्थानमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार