Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बढुवा भएका ६ जना एसपीको पदस्थापन, ५ जनालाई इन्चार्जको जिम्मेवारी

    बढुवा भएका ६ जना एसपीको पदस्थापन, ५ जनालाई इन्चार्जको जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट उपरीक्षक (एसपी) मा बढुवा भएका ६ जनालाई पदस्थापन गरेको छ । मङ्सिर ९ मा डिएसपीबाट एसपीमा बढुवा भएका उनीहरलाई पदस्थापन गरिएको हो ।

    नेपाल प्रहरीका निमित्त महानिरीक्षक नीरज शाहीले बढुवा भएका ७ जना मध्येका ५ जनालाई इन्चार्जको जिम्मेवारी दिएका छन् ।



    जसअनुसार एसपी रामेश्वर कार्कीलाई सुनवल स्थित विशेष सुरक्षा गण, चक्रराज जोशीलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर, अर्जुन प्रसाद तिमिल्सिनालाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय, रमेश पण्डितलाई बाँकेको कोहलपुर स्थित लुम्बिनी प्रदेश प्रहरी गण, र जनकबहादुर शाहीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।



    त्यसैगरी लक्ष्मीराज अधिकारीलाई प्रदेश–१ प्रहरी कार्यालय र अर्जुन रानाभाटलाई सुदूरपश्चिम प्रदेश प्रहरी गणको इन्चार्ज बनाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार