Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ताइवानबारे आबेको अभिव्यक्तिप्रति चीनको आपत्ति, जापानी राजदूतलाई डाकेर गर्यो कडा बिरोध

    ताइवानबारे आबेको अभिव्यक्तिप्रति चीनको आपत्ति, जापानी राजदूतलाई डाकेर गर्यो कडा बिरोध

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । चीनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले हिजोमात्रै  दिएको एक अभिव्यक्तिप्रति कडा विरोध जनाएको छ ।

    चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप नबस्ने भन्ने सिन्जोको अभिव्यक्तिप्रति कडा विरोध जनाउदै चीनले जापानका राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर छलफल गरेको छ।



    चिनियाँ विदेश मन्त्रालयका अनुसार बुधबार साँझ जापानका राजदूत हिदेओ तारोमीलाई विदेश मन्त्रालयमा डाकेर आपत्कालीन बैठक बोलाइएको थियो ।



    बैठकपछि विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चीनकी सहायक विदेशमन्त्री हुआ चुनयिङले जापानका राजदूत हिदेओसँग भेटवार्ता गर्नुभएको छ । भेटमा मन्त्री चुनयिङले सिन्जो आबेको बयानलाई गलत र चीन-जापान सम्बन्धमा स्थापित मापदण्डको उल्लंघन भएको पनि बताउनुभयो ।’

    ‘आबेको अभिव्यक्तिले चीनको सम्प्रभुतामाथि खुला रूपमा चुनौती दिएको र ताइवानको स्वतन्त्रताको बारेका कुरा उठाउनेलाई निर्लज्ज समर्थन गरेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

    बुधबार आबेले एक थिंक ट्यांकलाई दिएको भर्चुअल कार्यक्रममा ताइवानको संकट जापानको पनि संकट हुने बताएका थिए । उनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप नबस्ने भन्दै चीनलाई चेतावनी समेत दिएका थिए।

    ‘ताइवानको संकट जापानको पनि संकट हो । यस्तो अवस्थामा जापान-अमेरिका गठबन्धनका लागि पनि संकटकालजस्तै हुनेछ,’सम्बोधनका क्रममा आबेले भनेका थिए, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रम नरहोस् कि अमेरिका र जापानले साथ दिनेछ ।’

    गत वर्ष स्वास्थ्यका कारण प्रधानमन्त्री पद छाडेका आबे जापानको सत्तारूढ लिबर डेमोक्रेटिक पार्टीको सबैभन्दा ठूलो गुटका प्रमुख मानिन्छन् । उनी अहिले पनि पार्टीभित्र निकै प्रभावशाली भूमिकामा रहेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार