Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘एक सय शय्याको अस्पताल हुनेले मात्र नर्सिङ पढाउन पाउने’

    ‘एक सय शय्याको अस्पताल हुनेले मात्र नर्सिङ पढाउन पाउने’

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    चितवन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन्।

    मंगलबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे ।



    आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन् । अन्यको हकमा भने छलफल भइरहेको मन्त्री पौडेलको भनाइ थियो ।



    मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको जानकारी दिँदै उनले पिसिएल नर्सिङको अध्ययन विसं २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार