Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोना भाइरस

    २२० जनामा संक्रमण पुष्टि हुँदा २६३ जना डिस्चार्ज, एक जनाको मृत्यु

    २२० जनामा संक्रमण पुष्टि हुँदा २६३ जना डिस्चार्ज, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 831
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार १४१ जनामा कोरोना परीक्षण गर्दा २२० मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा पाँच हजार २२५ पुगेको छ ।



    यस्तै, पछिल्लो समय थप २६३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको  हुनेको सङ्ख्या आठ लाख ९ हजार १ सय ५५  पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।



    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७४ पुगेको छ ।

    त्यसैगरी पछिल्लो समय ८६ हजार ५९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार