Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एआईजी पालमाथि गृहको डण्डा, भारतीय अपराधीलाई सुटुक्क बुझाएको खुलासा

    एआईजी पालमाथि गृहको डण्डा, भारतीय अपराधीलाई सुटुक्क बुझाएको खुलासा

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालमाथि कडा कारबाहीको तयारी थालेको छ । शंकास्पद गतिविधिमा संलग्न भारतीय नागरिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी गोप्य रुपमा भारतलाई बुझाएको काण्डमा दोषी देखिएपछि गृहले पालमाथि कारबाहीको तयारी थालेको हो ।

    कार्तिक ५ गते महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर मातहतका कुनै पनि निकायमा थाहै नदिई सुनौली नाका हुँदै भारतमा सुपुर्दगी गरेको छानविन समितिको प्रतिवेदनबाट खुलासा भएको छ ।



    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी नमराज भट्टराई नेतृत्वको टोलीले भारतीय नागरिकहरु मोहम्मद नुर (पासपोर्ट नम्बर एन ३६१९७०१), मोद रसाद (पासपोर्ट नम्बर आर ४७८७६५५०) र यासिर अरफत (पासपोर्ट नम्बर टी ५१९३११५) लाई विमानस्थलबाट निस्किएलगत्तै पक्राउ गरेको थियो ।



    उनीहरू युएईको सारजहा विमानस्थल हुँदै नेपाल आएका थिए । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई नै जानकारी नगराई उनीहरूलाई भारत पुर्याएर प्रहरीको जिम्मा लगाइएको खुलेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई छानविन गर्न निर्देशन दिएको थियाे ।

    गृहको निर्देशन बमोजिम प्रहरी मुख्यालयले डिआईजी बसन्त लामाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले गत साता नै गृहलाई बुझाईसकेको छ ।

    स्रोतका अनुसार आतंकवादी गतिविधिमा संलग्न ती भारतीय नागरिकलाई एआईजी पालको निर्देशनमा डिएसपी भट्टराईले विमानस्थलबाटै पक्राउ गरेका थिए । जुन कुरा भट्टराईलले छानविन समितिसामु बयान दिइसकेका छन् । प्रहरी स्रोतका अनुसार एआईजी पालले विमानस्थलका तत्कालिन एसएसपी राजेशनाथ बास्तोलालाई फोन गरी आफ्ना केही भारतीय पाहुना दुबईबाट आएको र उनीहरुलाई लिन डिएसपी भट्टराई पठाएको छु भन्दै सहज गरिदिन निर्देशन दिएका थिए ।

    समितिले एसएसपी बास्तोलामाथि पनि बयान लिएको थियो । डिएसपी भट्टराईले भने एआईजी पालको निर्देशनमा आफूले ती भारतीय नागरिकहरुलाई विमानस्थलबाटै गाडीमा हालेर सुनौली नाका हुँदै भारतीय सुरक्षाकर्मीलाई जिम्मा लगाएको छानविन समितिसामु बयान दिएको स्रोतको दावी छ ।

    यसरी गृह र हेडक्वार्टरलाई जानकारी नै नदिई आतंककारी गतिविधिमा संलग्न भारतीय नागरिकलाई अबैध रुपमा सुपुर्दगी गराएको घटनामा दोषी देखिएपछि एआईजी पालमाथि कस्तो कारबाही गर्ने भन्ने विषयमा गृह मन्त्रालयमा छलफल चलिरहेको गृह स्रोतले बताएको छ । गृह स्रोतका अनुसार पालमाथि देशको सार्वभौमसत्ताकै बेइज्जत र राष्ट्रिय सुरक्षामाथि नै चुनौती दिएर भारतीयलाई सुपुर्दगी गराएको भन्दै हदैसम्मको कारबाही गर्नुपर्ने विषयमा गृहका अधिकारीहरुले कुरा उठाएका छन् ।

    विमानस्थलबाट बाहिरिएका उनीहरुलाई महानगरीय प्रहरी कार्यालयका रानीपोखरीका डिएसपी नमराज भट्टराईले नियन्त्रणमा लिएको सिसिटिभी फुटेजमा देखिएको थियो । भारतीय नागरिकहरुलाई पक्राउ गर्ने डिएसपी भट्टराई एआईजी पालका घुमुवामात्र नभई विश्वासपत्र समेत हुन् ।

    त्यसो त भारतीयलाई पक्राउ परेर छाडिएकाे केहि दिनमै एआइजी पाल भारत गएका थिए । उनी भारत जानु र माथिल्लो निकायमा जानकारी नदिई छाडिएका भारतीय पनि सुनौली हुँदै भारततर्फ सुपुर्दगी गराउनु संयोगमात्र मान्न नसकिने गृह मन्त्रालय स्रोत बताउँछ ।

    पक्राउ परेका भारतीयहरु आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु भएको सूचना गृह मन्त्रालयले पाएको थियो । स्रोतका अनुसार जम्मु–कस्मिरमा केही सुरक्षाकर्मीको हत्यामा उनीहरू संलग्न रहेको भन्दै भारतीय पक्षबाट दाबी गरिएको  थियो । सुपुर्दगी पछि जम्मु–कस्मिर क्षेत्रमा दोहोरो भिडन्तमा करिब एक दर्जन आतंककारीको इन्काउन्टरमा मृत्यु भएको भनेर त्यहाँको प्रहरीले सार्वजनिक गरेको थियाे । एआईजी पालले सुपुर्दगी गराएपछि उनीहरुको इन्काउन्टरमा मृत्यु भएको प्रहरी स्रोतले उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार