Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गठबन्धनको सरकार निकम्मा हो, उसलाई विकासप्रति कुनै चासो नै छैन: ओली

    गठबन्धनको सरकार निकम्मा हो, उसलाई विकासप्रति कुनै चासो नै छैन: ओली

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    पर्सा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको सरकार देशी विदेशी प्रतिक्रियावादीहरुबाट बनेको प्रतिक्रिया दिएका छन् ।

    बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको आरोप लगाए ।



    ‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीले भने । त्यही कारण आफुले यो सरकार विस्थापन गर्न नयाँ जनादेशको कुरा गर्ने गरेको बताए ।



    सम्बोधनको क्रममा गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै ओलीले सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप लगाए ।

    ‘गठबन्धनको यो निकम्मा सरकार हो,’ ओलीले भने ‘यसलाई विकासप्रति कुनै चासो छैन, आयात बढेको बढ्यै छ, भ्रष्टाचार बढेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार