Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी महाधिवेशन: सशस्त्र विद्रोहका एजेन्डा स्थापितदेखि एमसीसी खारेजसम्मको माग

    माओवादी महाधिवेशन: सशस्त्र विद्रोहका एजेन्डा स्थापितदेखि एमसीसी खारेजसम्मको माग

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 981
    SHARES

    काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने प्रस्तावलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।

    तर, त्यसका लागि विभिन्न आधार तयार पार्नुपर्ने नेता गजुरेलको भनाइ छ।



    आइतबारबाट सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता गजुरेलले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डा स्थापित गराउनेदेखि एमसीसी खारेज गर्ने निर्णय गर्न माग गरे ।



    ‘माओवादी जनक्रान्तिले तय गरेका एजेन्डा कार्यान्वयन गर्ने, राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गर्नुहोस्,’ गजुरेलले भने, ‘यी निर्णय भयो भने माओवादी एकताका लागि छलफल गर्ने बाटो खुल्नेछ ।’

    महाधिवेशन आगामी बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार