Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माओवादी महाधिवेशन: निर्वाचनको कार्यतालिका फेरि संशोधन, भोलि बिहान मतदान

    माओवादी महाधिवेशन: निर्वाचनको कार्यतालिका फेरि संशोधन, भोलि बिहान मतदान

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय समिति चयनका लागि सहमति जुट्न नसकेपछि पुन: निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।

    यसअघि अहिले दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो । तर, माओवादीको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।



    त्यस्तै मतदानको समय भने सोमबार विहान ८ देखि १: २५ सम्मको समय तोकिएको छ ।



    माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार