Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पाकिस्तानी सैनिकलाई तालिवानको खुला चुनौती, सिमानामा लगाइएको बार भत्काइयो

    पाकिस्तानी सैनिकलाई तालिवानको खुला चुनौती, सिमानामा लगाइएको बार भत्काइयो

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारलाई समर्थन गरिरहेकैबेला तालिबान र पाकिस्तानबीचको सीमा विवाद चर्किएको छ ।

    तालिबानले फेरि एकपटक पाकिस्तानी सेनाले डुरेन्ड लाइनमा लगाएको बार ध्वस्त पारेको छ । सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा तालिबान सैनिकहरूले दक्षिणी अफगानिस्तानको सिमानामा लगाइएको बार भत्काएको देख्न सकिन्छ ।



    तालिबानले पाकिस्तानले सीमामा तारबार लगाउने कामलाई एकतर्फी र गैरकानूनी भन्दै भत्काएको जनाएको छ । तालिवानले पाकिस्तानलाई सीमामा तारबार लगाउने अधिकार नभएको बताएको छ ।



    अफगानिस्तानमा टोलो न्युज टिभीका वरिष्ठ संवाददाता अब्दुलहक ओमेरीले तालिवान रक्षा मन्त्रालयका प्रवक्ताले पाकिस्तानलाई तारबार लगाएको भिडियो साझा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार