Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रियसभा निर्वाचन: नेकपा समाजवादीले टुंग्यायो पाँच उम्मेदवारहरुको नाम [सूची]

    राष्ट्रियसभा निर्वाचन: नेकपा समाजवादीले टुंग्यायो पाँच उम्मेदवारहरुको नाम [सूची]

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनका लागि पाँच उम्मेदवारहरुको टुंगो लगाएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका अनुसार सोमबार दिउँसो बसेको सचिवालय समितिको बैठकले पाँच उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।



    जसअनुसार प्रदेश १मा  जयन्ती राई, बागमतीमा गोमा तिमल्सिना, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, कर्णालीमा उदय बोहोरा र सदूरपश्चिम प्रदेशबाट मदनकुमारी (गरिमा) शाह उम्मेदवार बनेका छन् ।



    यसअघि आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा (सत्तारुढ गठबन्धन) भएको सहमतिअनुसार नेकपा एसको भागमा पांच सिट परेको थियो ।

    राष्ट्रियसभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार