Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कांग्रेस नेतालाई गोली हानेर मारिदिन्छु भन्दै धम्की दिने एसपी पाण्डे निलम्बित

    कांग्रेस नेतालाई गोली हानेर मारिदिन्छु भन्दै धम्की दिने एसपी पाण्डे निलम्बित

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । तत्कालिन सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार एसपी पाण्डे सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई ज्यान मार्ने (गोली हानेर मार्छु) धम्की दिएको आरोपमा मंगलबार साँझ छानबिनका क्रममा निलम्बनमा परेका हुन्।



    यद्यपि एसपी पाण्डेमाथिको अनुसन्धान जारी रहेको प्रहरी प्रधान कार्यालयको भनाइ छ।



    यसअघि एसपी पाण्डेले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको छ ।

    घटना के थियो ?

    सिरहाका प्रहरी प्रमुख एसपी पाण्डे र काँग्रेस सिरहाका सभापति यादवबीच विवाद भएको थियो । विवादपछि मार्ने धम्की दिँदै एसपी पाण्डे आइतबार मध्यराति साढे १ बजे पेस्तोलसहित कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेका थिए।

    स्रोतका अनुसार आफ्नो सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले आफूलाई हेडक्वार्टर तानेपछि एसपी पाण्डे सभापति यादवसँग आक्रोशित हुँदै मार्छु भन्दै उनको घरमा पुगेका थिए । पेस्तोलसहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले एसपी क्वार्टरमा फर्काएका थिए ।

    घटनाबारे कांग्रेस सिराहाका सभापति यादवले आफूलाई मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर आफ्नो घरमा आएको बताएका थिए ।  यस बिषयमा  नेपाली कांग्रेस सिरहाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबार मध्यराति एसपी पाण्डेले कांग्रेस जिल्ला सभापति यादवको घरमै गएर अमर्यादित गालीगलैज गर्दै गोली प्रहार गरी हत्या गर्ने धम्की दिएको भन्दै उनलाई कारबाहीको माग गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार