Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरिसकेको माधव नेपालको दाबी

    राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरिसकेको माधव नेपालको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको दाबी गरेका छन् ।

    शुक्रबार काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरिसकेको दाबी गरेका हुन् ।



    त्यसअघि एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीको ६१ जिल्लाको अधिवेशन उद्घाटनका क्रममा राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने बताएका थिए ।



    सोही भनाइलाई उद्धृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभावविपरीत राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरे ।

    ‘आज तपाईंहरुले सुन्नुभएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ,’ नेपालले भने,’ …तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन ।’

    ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको नेपालको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार