Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • युगाण्डामा दुई वर्षपछि विद्यालय खुले, भौतिक उपस्थितिमा पठनपाठन सुरु

    युगाण्डामा दुई वर्षपछि विद्यालय खुले, भौतिक उपस्थितिमा पठनपाठन सुरु

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । युगाण्डामा सोमबारदेखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् । विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द भएर सोमबारदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।

    युगाण्डामा कोरोनाभाइरसको महामारीका कारण झन्डै दुई वर्ष विद्यालय बन्द भएकोमा सोमबारदेखि खुल्ला भएको अधिकारीहरूले जनाएका छन् । युगाण्डामा सन् २०२० को मार्चदेखि ८३ हप्तासम्म विद्यालय बन्द भएको हो ।



    विद्यालय खुल्ला भएपछि दशौँ लाख विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किएका छन् । विद्यालयमा उपस्थित भएका विद्यार्थी तथा शिक्षकशिक्षिकाले मुखमा मास्क लगाउनुका साथै पटकपटक हात धोएका थिए ।



    विश्वका धेरै देशमा कोरोनाभाइरसको महामारी फेरि फैलिन थालेका बेला युगाण्डामा विद्यालय खुलेका हुन् । युगाण्डामा अहिलेसम्म एक लाख ५३ हजार ७६२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ३३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार