Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा

    नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन जुनियरको वरीयतामा शीर्ष स्थानमा पुगको छन् ।

    ब्याडमिन्टन वर्ल्ड फेडेरेशन (बीडब्ल्यूएफ) ले सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लिँदै इतिहास रचेका हुन् । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो ।



    पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्ष स्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।



    पहिलो पटक विश्व वरीयताको शीर्ष स्थानमा पुगेका प्रिन्सले धेरै खुसी व्यक्त गर्दै यसले अझै राम्रो गर्न प्रेरणा दिने बताएका छन् । दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेका प्रिन्सको १० हजार पाँच सय अङ्क छ ।

    मलेसियाका जस्टिन होह नौ हजार पाँच सय ९० अङ्कसहित दोस्रो स्थानमा रहँदा मलेसियाकै मोहम्मद रजिफ ६ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार