Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट निर्वाचित

    नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.8K
    SHARES

    कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी भएका छन् । बिष्टले २८१ मत ल्याएर विजयी भएका हुन्।

    उनका प्रतिस्पर्धी वीरबहादुर थापा (पातल) ले १८३ मत ल्याए । उपाध्यक्षमा लक्ष्मी बुढा २५४ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी महेश पन्तले २०५ मत ल्याए।



    सचिवमा पल्लबराज भट्ट २३३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी अशोककुमार चन्दले २२६ मत ल्याएका छन्। उपसचिव पदमा फैरु तमाङ २९६ र कर्णबहादुर चन्द ३४७ मत ल्याएर विजयी भएका छन्।



    विजयी हुने पदाधिकारी सबै बिष्ट प्यानलका रहेका छन्। पाँच पदाधिकारीसहित १२० सदस्य चयनका लागि निर्वाचन भएको हो। निर्वाचनमा ४९९ मतदाता मध्ये ४७० जनाले मतदान गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार