Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल भित्रिने रेमिट्यान्स ६.८ प्रतिशतले घट्यो

    नेपाल भित्रिने रेमिट्यान्स ६.८ प्रतिशतले घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स घटेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा रेमिट्यानस ६.८ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ प्रतिशतले बढेको रेमिट्यान्स ६.८ प्रतिशतले कमी आएर ३८८ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ ।

    नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।



    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।



    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४३३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार