Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्री रेणु यादवलाई कारवाहीको माग गर्दै कांग्रेस उपसभापति गुरुङले भने- अति गरे खती हुन्छ

    मन्त्री रेणु यादवलाई कारवाहीको माग गर्दै कांग्रेस उपसभापति गुरुङले भने- अति गरे खती हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादबको हिंसा भड्काउने अभिव्यक्तिलाई लिएर कुनै कारबाही नभएपछि ‘अति गरे खती’ हुने उल्लेख गरेका छन् ।

    ‘मन्त्री जस्तो जिम्मेवार पदमा बसेर हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको यतिका दिनसम्म पनि न मन्त्री स्वयंले सार्वजनिक रुपमा माफी मागेको सुनियो, न सम्बन्धित दलले कारबाही गरेको सुनियो, न त प्रधानमन्त्रीले बर्खास्त गरेको सुनियो ! अति गरे खती हुन्छ भन्छन् है,’ ट्वीटरमा उनले लेखेका छन् ।



    मन्त्री यादवले रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएपछि सर्वत्र विरोध भइरहेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार