Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्र बैङ्कले फेरि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै

    राष्ट्र बैङ्कले फेरि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउन नेपाल राष्ट्र बैङ्कले फेरि १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।

    राष्ट्र बैङ्कले माघ १६ गते आइतबार १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। सोमबार निष्कासन हुने विकास ऋणपत्र २०८२ ‘ङ’को अवधि चार वर्ष रहेको छ।



    बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने शुक्रबार जारी भएको सूचनामा उल्लेख छ।



    ऋणपत्रका लागि इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन्।

    प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपियाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपियाँ छुट्याइएको छ। गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार