Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पोखराबाट एक किलो सुनसहित २५ बर्षीय युवक पक्राउ

    पोखराबाट एक किलो सुनसहित २५ बर्षीय युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    कास्की । झन्डै एक किलोग्राम अवैध सुनसहित पोखराबाट एक युवक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१५ रामबजार बस्ने २५ बर्षीय रेशम सुनार रहेका छन्।



    सुनारलाई पोखरास्थित पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन जस्तो देखिने धातुसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार