Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • 'अप्रेशन लिमा'

    करोडौं राजश्व छलीमार्फत् भित्रिएका गुणस्तरहीन सुर्तिजन्य पदार्थ र कस्मेटिक सामानहरू बरामद

    करोडौं राजश्व छलीमार्फत् भित्रिएका गुणस्तरहीन सुर्तिजन्य पदार्थ र कस्मेटिक सामानहरू बरामद

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा राजश्व छलीमार्फत् लाखौं/करोडौंका सामानहरु भित्रिएका भन्ने सूचना पाएपछि  महानगरीय अपराध महाशाखाले ‘अप्रेशन लिमा’ सुरु गरेको थियो।

    अप्रेशन लिमाकै क्रममा महाशाखाले माघ १४ गते भारतीयहरुसँग मिलेर डेढ करोडको नक्कली मदिरा बिक्री गरेको आरोपमा  चार जनालाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले नक्कली रेड लेबल, चिभास र अस्सुलुट भोड्का समेत बरामद गरेको थियो ।



    महाशाखाका अनुसार पक्राउ परेकाहरुमध्ये सन्तोष चन्द्र बख्रेल उक्त योजनाका मुख्य योजनाकाकर रहेको अनुसन्धानमा खुलेको थियो । महाशाखाको थप अनुसन्धानका क्रममा पक्राउ परेका बख्रेलले अन्य व्यवसाय समेत गर्ने गरेको खुल्न आएपछि छानबिनका क्रममा  भन्सार छली ल्याएको सुर्तिजन्य पदार्थहरू, विभिन्न कस्मेटिकका सामानहरू(सैम्पु, साबुन, Hair Oil, Body Massage Oil, क्रिम) तथा विदेशी ब्राण्डका विभिन्न चुरोटहरू नयाँबजार खुशिबुस्थित एक घर बाट बरामद गरिएको छ।



    महाशाखाले बरामद गरिएको सामानहरु गुणस्तर परीक्षणका लागि पठाएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार