Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आजको मौसम : पहाडमा सामान्य बद्ली, तराईमा हुस्सु र कुहिरो

    आजको मौसम : पहाडमा सामान्य बद्ली, तराईमा हुस्सु र कुहिरो

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशका पहाडी क्षेत्रमा मौसम बदलिएको छ । भने तराईमा हुस्सु र कुहिरो लागेको छ ।

    आज दिउँसो प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    देशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भोलि बेलुकादेखि यसको प्रभाव थप बढ्ने सम्भावना छ ।



    भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्दै जाने र पर्सि बिहीवार पश्चिम क्षेत्रमा तथा शुक्रवार देशैभर यसको प्रभाव रहने महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण बिहीवार बेलुका र शुक्रवार हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार