Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल, ४ जेठमै चुनाव गर्ने प्रस्ताव

    प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल, ४ जेठमै चुनाव गर्ने प्रस्ताव

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी जेठ ४ मै निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।

    मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवा र आयोगका पदाधिकारीबीच यस्तो छलफल भएको हो ।



    यसअघि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो।



    सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने सहमति भए पनि कहिले निर्वाचन गर्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।

    तर, कांग्रेस सभापति समेत रहेका देउवाले सोमबार साँझ पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार