Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘नक्कली’मा मुन्नी र प्रधानबीच रोमान्स (भिडियो)

    ‘नक्कली’मा मुन्नी र प्रधानबीच रोमान्स (भिडियो)

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । अस्ट्रेलियामा रहेकी गायिका अबुन पाण्डेको प्रेमिल शब्दमा समावेश ‘नक्कली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा संगीत अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालको रहेको छ।

    गायक अमन प्रधानको सुमधुर स्वरमा सजिएको यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा प्रियाना आचार्य ‘मुन्नी’ गायक प्रधानबीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।



    बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियोमा तयार पारिएको हो । कान्तिपुर होलिडेज अस्ट्रेलियाको सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत सार्वजनिक गरिएको हो।



    यसअघि गायक प्रधानको स्वरमा ‘साझ बिहानी’, ‘बेबी आइ लव यु’, ‘हेलो’ र ‘तस्बिर २’ लगायत अन्य थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार