Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सिपाहीमा समर्पित गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’ रिलिज

    सिपाहीमा समर्पित गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’ रिलिज

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 507
    SHARES

    काठमाडौं । आगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन भिडियो सार्वजनिक गरिएको छ ।

    चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो । सशस्त्र प्रहरी बल पूर्व महानिरीक्षक एवं वरिष्ठ गीतकार शैलेन्द्र खनाल ‘सरद’ले यो गीतलाई लेखेका हुन् ।



    गीतमा युद्धमा खटिएका सिपाहीको विरताको गाथा प्रस्तुत गरिएको छ । यो गीतमा एलिश कार्कीको सङ्गीत रहेको छ । बढ्नका लागि हरेक सिपाहीलाई उर्जा दिने यो गीतलाई राजेश पायल राईले निकै आकर्षक र माधुर्य रूपमा गाएका छन् ।



    यो मोसन भिडियोमा गीतलाई एकातर्फ लिरिकल रूपमा प्रस्तुत गरिएको छ । अर्को तर्फ सम्बन्धित गीतको भाव समेटिएको दृष्यसँगै तस्बिर युक्त भिडियोलाई पनि गीतिशब्दसँगै प्रस्तुत गरिएको छ ।

    गीतले बा आमाको आशिष माग्दै, वीरहरूको पनि वीर बन्दै डटेर लड्ने इमानदारिताको मार्गमा चल्ने अनि मातृभूमिको नाम राख्ने म हुँ बहादुर सिपाहीं भन्दै सिपाहीको कर्तव्य र जिम्मेवारीको बयान गरेको छ ।

    गीतले सेना तथा सुरक्षा फौजमा रहेका बहादुर सिपाहीको सङ्घर्ष, वीरताको कथा र परिवारसँग उसको सम्बन्धलाई पनि श्रव्य दृश्य दुवै माध्यमले वर्णन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार