Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • घट्न थाले कोरोना संक्रमित, मात्र ५२१ जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु

    घट्न थाले कोरोना संक्रमित, मात्र ५२१ जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट गरिएको जाँचमा ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार आज आइतबार ६ हजार ३७  पीसीआर परीक्षणमा ४९१ जना र ४ हजार ०७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०  जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २२ हजार ५८४ रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा ५६, ०१२ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार