Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना भाइरस

    ६८० जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु

    ६८० जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मंगलबार ४ हजार २५६ पीसीआर परीक्षणमा ४९८ जना र २ हजार ८३९ एन्टिजेन परीक्षणमा १८२ जना गरी ६८० जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २  जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ पुगेको छ।



    यसैगरी आज १ हजार ८३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ४०० रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा ४३ हजार ८८१ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार