Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भू-राजनीतिका कारण सुरक्षा चुनौती उत्पन्न हुनसक्ने भन्दै सचेत रहन सेनालाई प्रधानमन्त्रीको निर्देशन

    भू-राजनीतिका कारण सुरक्षा चुनौती उत्पन्न हुनसक्ने भन्दै सचेत रहन सेनालाई प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 3.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भू-राजनीतिक ‌संवेदनशीलताका कारण उत्पन्न हुने सम्भावित सुरक्षा चुनौतीतर्फ सचेत रहन नेपाली सेनालाई निर्देशन दिएका छन्।

    बुधबार जंगी अड्डामा कमाण्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले भू-राजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा असर पार्न सक्ने भन्दै त्यसतर्फ सचेत हुन सेनालाई निर्देशन दिएका हुन्।



    पछिल्लो समय अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको परिवर्तनले मुलुकको राजनीतिक, आर्थिक र समग्र सुरक्षामा असर पार्न सक्ने प्रधानमन्त्री देउवाको भनाइ छ।



    कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले जस्तोसुकै परिस्थिति आएपनि जिम्मेवारी निर्वाह गर्न नेपाली सेना तयार रहेको बताए । प्रधानसेनापति शर्माले सरकारका आदेशहरु अक्षरस पालना गर्न नेपाली सेना कटिवद्ध रहेको प्रधानमन्त्रीलाई विश्वास दिए ।

    दुईदिनसम्म चल्ने बैठकमा प्रधान सेनापति, रक्षा सचिव, जंगी अड्डाका कमाण्ड सेनापतिहरुलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरु उपस्थित थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार