Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना भाइरस

    ३१८ जनामा संक्रमण पुष्टि हुँदा ५६२ जना डिस्चार्ज, एक जनाको मृत्यु

    ३१८ जनामा संक्रमण पुष्टि हुँदा ५६२ जना डिस्चार्ज, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

    ५ हजार ५०८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५१ तथा एन्टिजेन विधिबाट १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार यही अवधिमा थप ५६२ जना निको पनि भएका छन् ।  नेपालमा निको हुने दर ९७.८ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ६७८ पुगेको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १  जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म ११ हजार ९३१ जनाले ज्यान गुमाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार